कर छलेर धमाधम यात्रु उडाउँदै एयरलाइन्सहरू
आन्तरिक तथा बाह्य (अन्तर्राष्ट्रिय) हवाई कम्पनीहरुले कर छलेर धमाधम यात्रु उडाइरहेको फेला परेको छ । आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट बाहिर जाने र नेपाल भित्रै यात्रु बोक्ने ७ एयरलाइन्स कम्पनीहरुले कर छली गरी यात्रु ओसारपसार गरेको पाइएको हो ।
कर छली गर्नेमा आन्तरिक राजस्व कार्यालय, पुतलीसडकमा दर्ता रहेका ५ एयरलाइन्स कम्पनीसहित नयाँ बानेश्वरको १ र टंगालको १ गरी ७ एयरलाइन्स कम्पनी रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । यी ७ कम्पनीहरूबाट आर्थिक वर्ष २०७५/७६ मा ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ कम राजस्व उठेको भन्दै महालेखाले सम्बन्धी कम्पनीहरुलाई छानबिन गरी सोमा लाग्ने शुल्क तथा ब्याजसहित असुल गर्न समेत सरकारलाई निर्देशन गरेको छ ।
आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार उडान भर्ने एयरलाइन्सको टिकट जुनसुकै देशबाट जारी भएपनि नेपालबाट प्रस्थान हुने यात्रुको आधारमा हवाई सेवामा कर लाग्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण