माधव नेपालसहित नेकपा (एकीकृत समाजवादी)का नेता चन्द्रागिरीमा : घोषणापत्र र अन्तरिम विधानलाई अन्तिम रुप दिने
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का संयोजक माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरु बैठकको बहानामा चन्द्रागिरी रिसोर्ट पुगेका छन् । ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएका बेला सो पार्टीका नेताहरु दायाँबायाँ नहोउन् भनेर चन्द्रागिरी लगिएको हो । तर, सो पार्टीकी नेतृ तथा संघीय सांसद रामकुमारी झाँक्रीले नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखेको जानकारी दिइन् ।
‘बुधबार २ बजेभित्र सनाखत गरेर हाम्रो पार्टीले आधिकारिकता पाउँदैछ । त्यसका लागि सिनियर नेताहरुले केही डकुमेन्ट बनाउनुभएको छ । त्यसमा व्यापक छलफल गर्नुपर्ने भएर आज बाहिरबाट पनि केही साथीहरु आइपुग्नु भएकाले ती डकुमेन्टहरुमाथि आवासीय भेला गरेर छलफल गर्ने योजना बनाएर चन्द्रागिरी आएका हौ’ झाँक्रीले चन्द्रागिरी भेलाबारे भनिन्, ‘हामी कम्युनिस्ट पार्टीको पुनर्गठनमा किन लाग्यौं ? भन्ने राजनीतिक प्रतिवेदनमा छलफल हुन्छ ।’
उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । ‘पार्टीको घोषणापत्र, अन्तरिम विधान लगायतका दस्तावेज अध्ययनका लागि बाँडिएको छ । भोली त्यसलाई अनुमोदन गर्ने कार्यक्रम छ, झाँक्रीले भनिन्, ‘सम्भवत भोली बेलुका फर्कन्छौ, नत्र बुधबार बिहानमात्रै पनि हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण