हाम्रो फुटबल नेपाल र एन्फाबीच सहकार्य
नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरे ।
जसअनुसार छनोट प्रतियोगितामा हाम्रो फुटबल नेपालले एन्फालाई पाँच लाख बराबरको सामाग्री उपलब्ध गराउनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्लेयर अफ द म्याच ट्रफी यसमा समावेश छ । नेपाली फुटबल इतिहासमा समर्थकहरूको संस्थाले एन्फालाई यसरी प्रायोजन गरेको यो पहिलोपटक हो ।

यसअघि एन्फाका कार्यक्रममा प्रायः कर्पोरेट हाउसले नै प्रायोजन गर्ने गरेका थिए । हाम्रो नेपाली फुटबल क्लबका अध्यक्ष गुरुङले भविष्यमा पनि एन्फासँग यस्तै सहकार्य गर्ने बृहत्तर लक्ष्य रहेको बताए । त्यस्तै, एन्फा महासचिव तुलाधरले समर्थकहरूको संस्थासँग जोडिन पाउनु गौरवलाग्दो विषय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण