ओलीले उद्घाटन गरेका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताए ।
बैठकले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्षति पु¥याएको भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी सम्बद्ध निकायलाई हस्तान्तरणमा लैजाने निर्णय भएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिए ।
बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै बाँकी रहेका पुनर्निर्माणका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत गरिने निर्णय पनि भएको छ । उनका अनुसार विपत् व्यवस्थापनसँग सम्बन्धित कामहरू राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन आयोजनाबाट समन्वय, अनुगमन तथा व्यवस्थापन गरिने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
-
मिटरब्याजी पीडितलाई बाटाेमै रोक्ने गृहमन्त्रीको प्रयास, प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन
-
नेपाल–भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु
-
संविधानसभाका तीन सदस्यलाई जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण