मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग

मङ्गलबार, ३० असार २०८३, १६ : १७
मङ्गलबार, ३० असार २०८३

सारांश

  • पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रमुख सञ्चारमाध्यम र प्रतिपक्षी दलका सभापतिको निवासअगाडि बेवारिसे गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
  • उनले असार २९ गते भएको उक्त घटनाले नागरिकको सूचनाको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध सिर्जना गरेको बताएका छन्।
  • शर्माले घटनाको तत्काल निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न तथा दोषी पहिचान गरेर कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

काठमाडौँ। प्रलोपाका संरक्षक तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रमुख सञ्चारमाध्यम र प्रमुख प्रतिपक्षी दलका सभापतिको निवासअगाडि बेवारिसे गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शर्माले असार २९ गते देशका प्रमुख सञ्चारमाध्यम तथा प्रमुख प्रतिपक्षी दलका सभापतिको निवासअगाडि आवागमन अवरुद्ध हुने गरी बेवारिसे गाडी पार्किङ गरेर आतङ्क सिर्जना गरिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले उक्त घटनामा सत्ता पक्षकै संलग्नता रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै नागरिकको सूचनाको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने र प्रतिपक्षी दललाई निस्तेज पार्ने प्रकृतिको घटना भएकाले यो क्षमायोग्य हुन नसक्ने बताएका छन्।

शर्माले घटनाको तत्काल निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न तथा दोषी पहिचान गरेर कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप