‘एक्स ९’ मा जोडिएलान् त सोनु सुद ?
‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्मको अहिले चर्चा चुलिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य नायकको रुपमा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल समेत छानिएका छन् ।
निर्माण युनिट फिल्मका लागि अभिनेता अनुपविक्रम शाहीसँग पनि कागजी सम्झौता तयारीमा रहको छ । निर्देशक भट्टले यो फिल्मलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । त्यसैले पनि फिल्मको नेगेटिभ भूमिकाका लागि उनले बलिउड नायक सुनिल सेट्टीलाई केही अगाडि अफर गरेका थिए । भट्टले सुनिलसँग कागजी सम्झौता मात्र हुन बाँकी रहेको भन्दै मिडियामा जानकारी समत दिएका थिए । तर, अहिले भने सुनिलको सट्टामा सोनु सुदलाई अफर गरेको बुझिएको छ ।
अभिनेता सुनिलले भारतीय एक करोड मागेपछि निर्माण युनिटले सोनुसँग कुरा अगाडि बढाएको हो । फिल्ममा सोनु सुद जोडिने संभावना बलियो रहेको युनिटको भनाई रहेको छ । आउँदो पुसको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने भनिएको फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, वीरेन कुँवर, सुवोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्म नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण