सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
शुक्रबार, ११ भदौ २०७८, ११ : २९
शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । गत बिहीबार २ सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन अधिकतम ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बिहीबारको तुलनामा तोलामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । तर, यता सुनको मूल्य बृद्धि भइरहँदा बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले सस्तिएको छ ।
महासंघका अनुसार गत बिहीबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै एक हजार २ सय रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण