सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
शुक्रबार, ११ भदौ २०७८, ११ : २९

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । गत बिहीबार २ सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन अधिकतम ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बिहीबारको तुलनामा तोलामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । तर, यता सुनको मूल्य बृद्धि भइरहँदा बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले सस्तिएको छ ।
महासंघका अनुसार गत बिहीबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै एक हजार २ सय रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा
-
१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसको लगातार दोस्रो जित
-
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो
-
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
-
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त