काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ । स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।
बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ । बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए । इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्त (आईएस–के) ले उक्त हमलाको जिम्मेवारी लिएको छ ।
यसको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ । मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ । तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन । ‘यो अन्तिम आक्रमण होइन । हामी उक्त विभत्स आक्रमणमा संलग्नहरूको खोजी कार्यलाई जारी राखेर उनीहरूलाई मूल्य चुकाउन बाध्य पार्ने छौँ,’ बाइडेनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आईएस–के अफगानिस्तानमा रहेका जिहादी सशस्त्र समूहमध्ये सबैभन्दा चरमपन्थी र हिंस्रक मानिन्छ । तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको उसको आरोप छ । यता, तालिबानले भने अमेरिकाको ड्रोन हमलाको आलोचना गरेको छ । कुनै पनि आक्रमण गर्दा आफूसँग सल्लाह हुनुपर्ने तालिबानको भनाइ रहेको छ ।
बम हमलामा मारिएकी २३ वर्षीया निकोल गी
काबुल विमानस्थलबाट अमेरिकी सेना पनि फर्किन थालेका छन् । गत हप्ता ५ हजार ८ सय सेना रहेकोमा हाल करिब ४ हजार सेना विमानस्थलमा रहेका छन् । ह्वाइट हाउसले अबका केही दिन थप चुनौतीपूर्ण र खतरनाक हुन बताएका छ । तालिबानले विमानस्थल वरपर चेकजाँचलाई थप बढाएको छ । दुई हप्ता यता १ लाख १० हजारभन्दा बढी अमेरिकी र अफगान नागरिकको अफगानिस्तानबाट उद्धार भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
Live Updates : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : नियमित हाजिरी चेक गर्दा प्रिसाको कोठाबाट आवाज नआएपछि...
-
पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
-
माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ
-
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह