गण्डकीमा २३५ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९९७ जनामा गरिएको नमूना परीक्षणमा २३५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १२३ महिला र १२२ जना पुरुष रहेका छन् ।
प्रदेशका ६ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की १४७, बागलुङ २, स्याङ्जा २८, म्याग्दी २, पर्वत २, लमजुङ १६, तनहुँमा ५ र नवलपरासी पूर्वमा १६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ हजार ८१० पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१८ का ७५ वर्षीय पुरुष, पोखरा–१९ की ५५ वर्षीय महिला, बागलुङ काठेखोला–८ की ८३ वर्षीय महिला, स्याङजा गल्याङ–३ की ८५ वर्षीय महिला र तनहुँ ब्यास–४ का ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०० पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ३१० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकैदिन संक्रमणमुक्त हुनेको संख्या २८८ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २०० रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण