युवराज ज्ञवालीको प्रश्न : एमालेलाई दक्षिणपन्थी भन्ने आधार के ?
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले दक्षिणपन्थी नभएको टिप्पणी गरेका छन् । बुधबार पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख आइपुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै कुनै व्यक्ति मन परेन भनेर सिंगो पार्टी नै खराब हो भनेर भन्न नमिल्ने बताए ।
एमाले कर्णालीका इञ्चार्ज समेत रहेका उनले माधव नेपालतर्फ संकेत गर्दै भने, ‘तपाईंहरुले यो पार्टीलाई दक्षिणपन्थी हो भनेर भन्ने के आधार छ ? तपाईंहरु हुँदा यो दक्षिणपन्थी नहुने अहिले दक्षिणपन्थी हुने ? यो दस्तावेज तपाईहरुले पास गराउनु भएको होइन र ? तपाईहरुले लेखेको दस्तावेजमा हामीले सहयोग मात्र गरेको हो ।’
ज्ञवालीले पार्टी कार्यकर्तालाई कसैको लोभ लालचमा नलागी अडिग भएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरे । पार्टीभित्र देखिएका समस्याहरु छलफल गरेर समाधान हुने बताउँदै उनले समस्या देखिन बित्तिकै पार्टी फुटाएर जाने प्रवृत्तिले कसैलाई राम्रो नहुने उनको टिप्पणी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण