बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

युवराज ज्ञवालीको प्रश्न : एमालेलाई दक्षिणपन्थी भन्ने आधार के ?

बुधबार, १६ भदौ २०७८, २२ : ३३
बुधबार, १६ भदौ २०७८

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले दक्षिणपन्थी नभएको टिप्पणी गरेका छन् । बुधबार पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख आइपुगेका उनले  पत्रकारहरुसँग कुरा गर्दै कुनै व्यक्ति मन परेन भनेर सिंगो पार्टी नै खराब हो भनेर भन्न नमिल्ने बताए । 

एमाले कर्णालीका इञ्चार्ज समेत रहेका उनले माधव नेपालतर्फ संकेत गर्दै भने, ‘तपाईंहरुले यो पार्टीलाई दक्षिणपन्थी हो भनेर भन्ने के आधार छ ?  तपाईंहरु हुँदा यो दक्षिणपन्थी नहुने अहिले दक्षिणपन्थी हुने ? यो दस्तावेज तपाईहरुले पास गराउनु भएको होइन र ? तपाईहरुले लेखेको दस्तावेजमा हामीले सहयोग मात्र गरेको हो ।’

ज्ञवालीले पार्टी कार्यकर्तालाई कसैको लोभ लालचमा नलागी अडिग भएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरे । पार्टीभित्र देखिएका समस्याहरु छलफल गरेर समाधान हुने बताउँदै उनले समस्या देखिन बित्तिकै पार्टी फुटाएर जाने प्रवृत्तिले कसैलाई राम्रो नहुने उनको टिप्पणी  थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप