प्रादेशिक अस्पतालको प्राङ्गणमै कुटिए स्वास्थ्यकर्मी
प्रादेशिक अस्पताल जनकपुरधाममा एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा एक स्वास्थ्यकर्मीलाई गैरस्वास्थ्यकर्मीहरुले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो ।
अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपिट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला आफूलाई एक जनाले बाहिर आउन आग्रह गरेको बताए । आफू बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले आफूलाई कुटपिट गरेको उनको भनाइ छ ।

कुटपिटबाट घाइते भएका अहेव ठाकुर प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्केका छन् । चिकित्सकमाथि हातपात भइरहँदा अस्पतालमा रहेका सुरक्षाकर्मी र अस्पताल प्रशासनसमेत मौन छन् । अहेव ठाकुरलाई कुटपिट भएको स्थलमा चौबीसै घण्टा प्रहरीको टोली रहने गर्छ । तर दिनदहाडै अस्पताल परिसरमै स्वास्थ्यकर्मीमाथि कुटपिट हुँदा न प्रहरी प्रशासनले आफ्नो भूमिका निर्वाह गरेको देखियो, न अस्पताल प्रशासनले नै कुनै कदम चाल्न सक्यो ।
चिकित्सक ठाकुरमाथि कुटपिटको घटनामा कसको संलग्नता छ भन्ने पनि प्रस्ट हुन सकेको छैन । कुटिएका अहेव ठाकुरले समेत कसबाट आक्रमण भएको हो भन्नेबारे अनभिज्ञता जनाएका छन् ।
धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएको घटनाप्रति अनभिज्ञता प्रकट गरेका छन् । उनले यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण