संवैधानिक अङ्गमाथि कब्जाको नीतिले प्रजातन्त्र धरापमा : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र नै धरापमा परेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले प्रजातन्त्रलाई नै कमजोर पार्ने गरि राजनीतिक पार्टीहरू संवैधानिक अंग कब्जा गर्ने नीतिमा लागेको आरोप लगाए ।
उनले हरेक क्षेत्रलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदा कानुनी राज्यको उपहास र दुरुपयोग भएको बताए । सरकारबाटै यस्तो हुनु नाजायज काम भएको भन्दै उनले आम जनताले यसको नियन्त्रणका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
अध्यक्ष थापाले राजनीति समाजसेवाभन्दा पनि व्यापारको रुपमा चलिरहेको भन्दै चिन्ता व्यक्त गरे ।
राजनीतिमा इमान्दार र विकासप्रेमी भन्दा पनि माफिया, व्यापारी, विचौलिया व्यक्तिहरु हावी भएको बताए । वर्तमान राजनीति भ्रष्टिकरणतर्फ गइरहेकोले युवा पुस्ताको हस्तक्षेपकारी भूमिका जरुरी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण