शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संवैधानिक अङ्गमाथि कब्जाको नीतिले प्रजातन्त्र धरापमा : कमल थापा

शुक्रबार, १८ भदौ २०७८, २१ : २१
शुक्रबार, १८ भदौ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र नै धरापमा परेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले प्रजातन्त्रलाई नै कमजोर पार्ने गरि राजनीतिक पार्टीहरू संवैधानिक अंग कब्जा गर्ने नीतिमा लागेको आरोप लगाए ।

उनले हरेक क्षेत्रलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदा कानुनी राज्यको उपहास र दुरुपयोग भएको बताए । सरकारबाटै यस्तो हुनु नाजायज काम भएको भन्दै उनले आम जनताले यसको नियन्त्रणका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
अध्यक्ष थापाले राजनीति समाजसेवाभन्दा पनि व्यापारको रुपमा चलिरहेको भन्दै चिन्ता व्यक्त गरे ।
राजनीतिमा इमान्दार र विकासप्रेमी भन्दा पनि माफिया, व्यापारी, विचौलिया व्यक्तिहरु हावी भएको बताए । वर्तमान राजनीति भ्रष्टिकरणतर्फ गइरहेकोले युवा पुस्ताको हस्तक्षेपकारी भूमिका जरुरी रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप