ओखलढुंगामा विद्युतको पोलबाट खसेर युवकको मृत्यु
शनिबार, १९ भदौ २०७८, १८ : २९
ओखलढुंगा जिल्लामा विद्युतको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसो सोलु करिडोर प्रशारण लाइनको विद्युतको पोलबाट खसेर सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका १९ वर्षीय निखिल फुयाँलको ज्यान गएको हो । जिल्लाको मान भञ्ज्याङ गाउँपालिका ७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रशारण लाइनको विद्युतको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर फुयाँलको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
ओखलढुंगा प्रहरी निरिक्षक लंक श्रेष्ठका अनुसार विद्युतको तार विस्तारका लागी उनी पोलमा चढेको र अचानक हातमा करेन्ट लागेपछि पोलबाट खसेर ढुंगामा परी उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको र घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण