दाङमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु
आइतबार, २० भदौ २०७८, ११ : ०५
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । लमही नगरपालिका–४ हसनपुरका ४६ वर्षीय शिव गिरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार गिरी गम्भीर घाइते भएलगत्तै उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको राती पौने १२ बजे मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण