बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ मा आतंककारी हमला भएका तीनै स्थलको भ्रमण गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमण स्थलको अवलोकन भ्रमण गर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ ।
ह्वाइट हाउसले ट्वीटर सन्देशमार्फत जानकारी गराए अनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पतीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरणीय बनाउनेछन् । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डगलस इमोफ पनि छुट्टै कार्यक्रमको लागि पेन्सिलभेनियाको शाङ्कसभिल जाने कार्यक्रम रहेको बताइएको छ । उनीहरू शाङ्कभिलपछि पेन्टागनमा राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सम्मिलित कार्यक्रममा सहभागिता जनाउनुहुने वक्तव्यमा उल्लेख छ ।
शुक्रबार राष्ट्रपति बाइडेनले संघीय जाँच ब्यूरोको सेप्टेम्बर ११ को जाँचसँग सम्बन्धित कागजातहरूको वर्गीकरण समीक्षा निरीक्षण गर्न न्याय विभाग र अन्य सम्बन्धित निकायहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरी आगामी छ महिनामा वर्गीकृत कागजातहरू सार्वजनिक गर्न निर्देशन गरेका थिए ।
सेप्टेम्बर ११, २००१ मा संयुक्त राज्य अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा घातक आतङ्ककारी आक्रमणको सामना गर्नुपरेको थियो । आक्रमणमा तीन हजार भन्दा बढी मानिसहरू मारिएका थिए । अल कायदाका परिचालक निकायद्वारा अपहरण गरिएका विमानहरूलाई १०२ मिनेटको अवधिमा तिनीहरूमा ठोक्याएर दुर्घटना गराएपछि न्यूयोर्कको विश्व व्यापार केन्द्रका दुवै टावरहरू ढलका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण