निष्ठाको राजनीतिलाई समाप्त भयो : पौडेल
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य डोरमणि पौडेलले वर्तमान परिस्थितिमा नेपालमा निष्ठाको राजनीति समाप्त भएको बताएका छन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक जिल्ला समीक्षा बैठकमा बोल्दै पौडेलले देशमा पछिल्लो समय भएको राजनीतिक फेरबदलपछि निष्ठाको राजनीतिलाई समाप्त भएको बताए ।
पछिल्लो समय केन्द्रीयस्तरमा बनेको विपक्षी गठबन्धनले निष्ठाको राजनीति समाप्त पार्ने काम गरेको आरोप लगाए । केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण नै बदलेर विपक्षी गठबन्धनले देशको राजनीतिमा असन्तुलन ल्याएको उनको भनाई छ । विपक्षी गठबन्धनका कारण केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहमा समेत राजनीतिक उथलपुथल ल्याएको उनले बताए । त्यस्तै निवर्तमान मुख्यमन्त्री पौडेलले जनतालाई उत्पादनसँग जोड्न सकेमात्र सरकारले गरेका विकासको कामले सार्थकता पाउने बताए । उनले जनताको जिवनस्तरमा परिवर्तन ल्याउन सकेमात्र विकास गरेको ठहर हुने भन्दै सरकार भौतिक विकासलाई केन्द्रीत हुन नहुने बताए ।
सबै क्षेत्रको समान विकास गरेर जनतालाई उत्पादनसँग जोड्दै उत्पादनमा आधारित आर्थिक अनुदानका कार्यक्रम गर्नसके मात्र सरकारले विकास गरेको ठहर हुने बताए । देशमा कायम रहेको तीन तहको सरकारको समन्वयमा विकासका योजनाहरु अघि बढाउनुपर्ने उनले बताए । तीनै तहका सरकारका बीच समन्वयको अभावका कारण हरेक योजनाहरु दोहोरिने समस्याहरु भोग्नु परेकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।
तीनै तहका सरकारले अध्ययन र अनुसन्धान गरी उत्पादनमा केन्द्रीत भएर जनताबाट कर उडाएर पारदर्शी रुपमा विकासका कामहरु अघि बढाउनुपर्ने उनले बताए । विकास निमार्णको काम गर्दा जनताबाट उठाएको करमा निर्भर नभइ स्थानीय तहहरुले वैकल्पिक स्रोतको खोजी गरी आन्तरिक आयलाई बढाउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण