गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–१४ की ६४ वर्षीय महिला, म्याग्दी रघुगंगा–३ का ७२ वर्षीय पुरुष, स्याङजा बिरुवा–४ का ५८ वर्षीय पुरुष, पर्वत कुश्मा–६ की ६९ वर्षीय महिला, बागलुङ नगरपालिका –८ की ६७ वर्षीय महिला र तनहुँ ब्यास–४ की ३३ वर्षीय महिला रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३१२ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०४ जनाको नमुना परीक्षण गरिएकामा ९२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४७ पुरुष र ४५ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ३९, बाग्लुङ १०, स्याङ्जा ९,म्याग्दीका ७, पर्वत ५, लमजुङ १७ र तनहुँ ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ४२९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ७८ हजार ७०७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण