शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा १ सय ठाउँमा बाढी पस्यो, १ सय ३८ जनाको सकुशल उद्धार

सोमबार, २१ भदौ २०७८, ०८ : ३०
सोमबार, २१ भदौ २०७८

गएरातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँका करिब १ सय ठाउँमा बाढी पसेको छ । राति १ सय ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले रातोपाटीलाई बताए । 

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा उद्धार कार्य जारी रहेको एसपी राठौरले बताए । ‘अन्य ठाउँमा डुबानको समस्या हटेको छ’ एसपी राठौरले भने–‘मनोहरा खोला किनारामा उद्धार भइरहेको छ ।’ 

​अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन । 

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप