संयुक्त राष्ट्रसंघीय मानवीय सहायता प्रमुख काबुलमा
संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएका छन् । उनले संयुक्त राष्ट्रसंघीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाएका हुन्। महासचिव एन्टोनियो गुटेरेसले मार्टिन ग्रिफिथलाई काबुल पठाएका हुन् । आइतबार उनले संयुक्त राष्ट्रसंघीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाएका हुन् । उनले काबुलमा रहँदा तालिबानका नेताहरुसँग छलफल र परामर्श गर्ने भएका हुन् ।
‘संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल आउनुभएको छ र उनले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गरेका छन्’ महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर जनाएका छन् ।
उपमहासचिव ग्रिफिथले काबुलमा रहँदा यहाँको आवश्यक सहायताका विषयमा तालिबान नेताहरुसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उपमहासचिव ग्रिफिथले यहाँका तालिबान अधिकारीहरुले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गरेका थिए ।
देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिबान नेताहरुलाई आग्रह गरेका थिए ।
त्यस अवसरमा तालिबानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आश्वासन दिएका थिए । उनीहरुले मानवीय सहायता वितरणमात्र नभएर अरु पनि मानवअधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिबानहरु सजग रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण