चीनका लागि जर्मनीका राजदूतको निधन
सोमबार, २१ भदौ २०७८, १६ : ४८
चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उनको निधन भएको सोमबार पुष्टि गरेको छ । “चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खबरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उनका परिवारजन र निकट मित्रहरूप्रति मन्त्रालयले सहानुभूति व्यक्त गरेको छ । बेइजिङ खटाउनु अगाडि उनी चान्सलर एंगेला मर्केलको विदेश मामिला सल्लाहकार रहेका थिए । चर्चित वरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण