सङ्खुवासभा हत्याकाण्ड : अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ
सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो ।
प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सिआइबीका डिएसपी रुगम कुँवर नेतृत्वको ३ जनाको अनुसन्धान टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । उनीहरू मंगलबार साँझ ६ बजेसम्ममा घटनास्थल पुग्ने र अनुसन्धान सुरु गर्ने बिसीले बताए ।
सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने मादी नगरपालिका १, उम्लिङमा सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । स्थानीय वृद्ध बौद्धमान कार्कीकी श्रीमती पार्वता कार्की (८४ वर्ष), छोरा तेजबहादुर कार्की (५२), बुहारी कमला कार्की (५२), नातिनी बुहारी रञ्जना कार्की(३२), पनाति विपिन कार्की( ८) र पनातिनी गोमा कार्की (५) गरी ६ जनाको हत्या भएको थियो । सो घटनाको अनुसन्धानका लागि यसअघि नै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, प्रदेश १ प्रहरी कार्यालयबाट समेत अनुसन्धान टोली घटनास्थल पुगिसकेको छ ।
घटनास्थलमा रहेका प्रहरी अधिकारीका अनुसार घटना लुटपाटको उद्देश्यबाट नभएको अनुमान गरिएको छ । घरमा रहेको दराजहरू नफोडिएको तथा सुनका गहनाहरू पनि सुरक्षित नै रहेको कारण घटना लुटपाटको उद्देश्यबाट नभएको प्रहरीको अनुमान छ । यद्यपि थप अनुसन्धानपछि नै घटनाबारे थप जानकारी प्राप्त हुने ती अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
