खुम्चिँदै सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि घट्यो
बुधबार, २३ भदौ २०७८, १५ : ३५
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।
जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ । यसपछि निर्जीवन बीमा कम्पनी समूहमा ३२८ अंकको र विकास बैंक समूहमा १५७ अंकको गिरावट आएको छ । परिसूचक घटे पनि सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयरमा आज ४५ रुपैयाँको वृद्धिसँगै प्रतिकित्ता ४९७ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण