जसपा विभाजनपछि १७ प्रदेशसभा सदस्य लोसपामा, निर्वाचन आयोगले दियो मान्यता
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जसपा नेपाल विभाजन भएपछि १७ प्रदेशसभा सदस्यले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेका छन् ।
निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको छ ।
आयोगका अनुसार प्रदेश २ प्रदेशसभाबाट जसपाका १६ सदस्य र सुदूरपश्चिम प्रदेशसभाबाट एक सदस्यले लोसपाका पक्षमा सनाखत गरेका थिए । उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिइएको आयोगले जनाएको छ ।
जसपा छाडेर लोसपामा सामेल भएका प्रदेश २ का प्रदेशसभा सदस्यहरूमा जानकीशरण साह, गौरीनारायण साह, परमेश्वर साह सुडी, निलमदेवी भुमिहारीन, सुरिता कुमारी साह, जयनुल राइन, अलका कुमारी झा, बबिता कुमारी, रमेशकुमार कुर्मी, बाबुलाल साह कानु, डिम्पल कुमारी, प्रह्लाद गिरी गोछामी, उपेन्द्र महतो, अभिराम शर्मा, रानी कुमारी तिवारी र जितेन्द्र कुमार सोनार छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशका जसपाका दुई प्रदेशसभा सदस्यमध्ये कृष्णबहादुर चौधरीले लोसपा नेपाल रोजेकोमा उनको सनाखतलाई पनि आयोगले अनुमोदन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण