पर्सामा एकीकृत समाजवादीको १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन
बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीको घोषणा गरिएको छ । शनिबार वीरगञ्जमा भएको पर्सा जिल्ला भेलाबाट अध्यक्षमा बालगोपाल थापा र सचिवमा विक्रम चौरसियालाई चयन गरिएको हो ।
अध्यक्ष थापाको नेतृत्वमै यसअघि नेकपा एमाले पर्साको जिल्ला समानान्तर कमिटी बनेको थियो । जिल्ला भेलाबाट जिल्ला सचिवालय समेत चयन गरिएको नेकपा एसका जिल्ला सदस्य बृजलाल पासवानले जानकारी दिए ।
पासवानका अनुसार जिल्ला सचिवालयमा अध्यक्ष बालगोपाल थापा, सचिव विक्रम चौरसिया तथा सदस्यहरूमा प्रभुनाथप्रसाद कुर्मी, वृजप्रसाद यादव, मनोज चौधरी, अरुण यादव, राघव साह, बृजलाल पासवन, मंजर आलम, राजेन्द्र चौधरी, योगकुमारी तामाङ, रविन्द्र कार्की, सत्यनारायण दास, भोला महतो, सुवेदार यादव, सन्तोष सिंह, गंगाधर महतो, पटवारी बैठा र मोहन यादव रहेका छन् ।
सो भेलामा पार्टी केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, रामचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण