अमेरिकी राष्ट्रपतिद्वारा सेप्टेम्बर ११ को आतङ्कवादी घटनामा मारिएकाप्रति श्रद्धाञ्जली व्यक्त
राष्ट्रपति जो बाइडेनले ९–११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् । आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटर रहेका थिए भने अहिले देशको सर्वोच्च नेतृत्वमा रहेका छन्।
राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जली र सम्मान अर्पण गर्ने तय भएको थियो तर उनले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गरेका छन् । यसैबीच शुक्रवार अबेर ह्वाइट हाउसले रेकर्डेड भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गरेको छ आह्वानमा उक्त कुख्यात घटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको राष्ट्रपति बाइडेनले बताएका छन् ।
राष्ट्रपति बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ ‘एकता नै ठूलो शक्ति हो’ भनेका छन्। शुक्रबार राति राष्ट्रपति बाइडेन ९–११ को घटनाको स्मरणमा न्युयोर्क आइपुगेका छन् । यहाँको आकाशमा बत्तीहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको दृष्य टेलिभिजनमा देखाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण