प्राप्ति र अश्विनलाई अनलाइन सिङ्गिङ स्टारको उपाधि
काठमाडौँ । अनलाइन सिङ्गीङ स्टार अवार्ड २०२०र०२१ को उपाधि प्राप्ति तामाङ र अश्विन प्रधानले पाएका छन् । शनिबार काठमाडौँमा आयोजना गरिएको प्रतिस्पर्धामा १६ वर्षमुनिको तर्फबाट गायनमा काभ्रेकी प्राप्ति तामाङ प्रथम भएकी छिन् । त्यस्तै काठमाडौँमा रितु श्रेष्ठ द्वितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँसहित ट्रफी पुरस्कार पाएका छन् । उनीहरूले शनिबार आफ्नो गायन प्रस्तुत गरेका थिए । त्यस्तै खुल्लातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर अमोघा वीर बज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो भए । खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार , १५ हजार रुपियाँ र १० हजार रुपियाँसहित ट्रफी जितेका छन् । निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिहरूले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए । गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतिको लागि ट्रफी प्रदान गरिएको थियो । देश बाहिर १९ देशमा रहेका नेपालीले पनि प्रतिस्पर्धामा भाग लिएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बालबालिकाको क्षमता विस्तार गर्ने यस प्रकारका कार्यक्रमले प्रतियोगीमा उत्साह प्रदान गर्ने बताइन् । गत वर्षबाट सुरु भएको कोरोनाका कारण मानिसको जनजीवन अस्तव्यस्त भएको बेला भएको यस किसिमको प्रतिस्पर्धाले मानिसमा निराशा कम गर्ने पनि जनाइन् । उनले गीत, सङ्गीत र कलाको आफू पारखी भए पनि यसबारे आफू पोख्त नभएको स्पष्ट पारिन् ।
आयोजक संसार अनलाइन टिभीका अध्यक्ष स्वतन्त्र महर्जनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरिने बताए । उनले कोरोना संक्रमणकालमा मानिसमा छाएको अन्यौलता कम गर्न कार्यक्रमले सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण