सत्तापक्ष र सभामुखप्रति नेम्वाङको आक्रोश : बैठक सुचारु गराउन अझै पहल भएन
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका छन् ।
पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नुपरेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनी प्रश्न समेत गरे । आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
उपनेता नेम्वाङले भने, ‘संसद बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म हामीमाथि भेदभाव हुन्छ ? यस्तो भइरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरीकन, छलफल नगरीकन बसी राख्न सक्नुहुन्छ ?’
उपनेता नेम्वाङले आफ्नो पार्टीले निष्काशन गरेका माधवकुमार नेपालसहितका १४ जना सांसदहरुको सूचना संसद सचिवालयमा टाँस नगरुञ्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडान रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण