आजदेखि कक्षा १२ को परीक्षा, तस्बिरमा हेर्नुहाेस्

बुधबारबाट कक्षा १२ को परीक्षा शुरू भएको छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् ।
परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो । आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । अर्यालले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको बताए ।
परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको सदस्य–सचिव अर्यालले बताए ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने बताए ।
तस्बिरहरु हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड