‘सक्किगोनी’ ओएसआर डिजिटलमा हेर्न नपाइने
दर्शकले चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’को नयाँ श्रृंखला अब ओएसआर डिजिटलमा हेर्न नपाउने भएका छन् । निर्माण युनिट र ओएसआर डिजिटलबीचको सम्झौता बुधबारबाट सकिएपछि ‘सक्किगोनी’को नयाँ श्रृंखला ओएसआर डिजिटलबाट प्रसारण नहुने भएको श्रृंखलाका निर्देशक तथा कलाकार कुमार कट्टेलले जानकारी दिए ।
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको श्रृंखला टेलिभिजनपछि ओएसआर डिजिटलबाट सार्वजनिक हुँदै आएको थियो । अब भने निर्माण युनिटको श्रृंखला उक्त युट्युव च्यानललाई नदिने भएको हो ।
‘ओएसआर डिजिटलसँगको हाम्रो सम्झौता सकियो । त्यसैले दर्शकले अव हाम्रो श्रृंखला त्यो युट्युबमा हेर्न सक्नेछैनन्’ निर्देशक अर्जुन घिमिरेले भने ‘अहिलेलाई दर्शकका लागि जेपिटी क्रियसनबाट ल्याउने छौँ।’ जेपिटी क्रियसन निर्माण युनिटको आफ्नै च्यानल रहेको उनले सुनाए ।
पछिल्लो समय निर्माण भएका श्रृंखलामध्ये हिट मानिएको ‘सक्किगोनी’मा टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), रक्षा श्रेष्ठ , अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), दिपक आचार्य, शंकर आचार्य लगायत कलाकारको देखिँदै आएका छन् ।
श्रृंखलाका निर्देशक तथा कलाकार मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’भने आमाको उपचारमा सक्रिय रहेको कारण केही सातादेखि श्रृंखला अभिनय बाहिर रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण