रौतहटमा डुबेर २ बालिकाको मृत्यु

रौतहटमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकामा बिहीबार पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा कटहरिया नगरपालिकाको ६ की १० वर्षीय निशु कुश्वाहा र बृन्दाबन नगरपालिकाका २ की १४ वर्षीय मुस्कान कुमारी रहेका छन् । दुवै बालिकाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
देवाही गोनाही ७ का वडा अध्यक्ष जगरनाथ मुखियाको निर्माणाधीन पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ । पोखरीमा घोंगी लिन गएका बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वमा स्थानीयवासीको सहयोगमा शव पोखरीबाट बाहिर निकालिएको थियो । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने