रौतहटमा डुबेर २ बालिकाको मृत्यु
रौतहटमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकामा बिहीबार पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा कटहरिया नगरपालिकाको ६ की १० वर्षीय निशु कुश्वाहा र बृन्दाबन नगरपालिकाका २ की १४ वर्षीय मुस्कान कुमारी रहेका छन् । दुवै बालिकाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
देवाही गोनाही ७ का वडा अध्यक्ष जगरनाथ मुखियाको निर्माणाधीन पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ । पोखरीमा घोंगी लिन गएका बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वमा स्थानीयवासीको सहयोगमा शव पोखरीबाट बाहिर निकालिएको थियो । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण