ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले ओमानलाई ७ विकेटले हराएको छ । ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमै भेट्टाएको हो ।
नेपालबाट ओपनर आसिफ शेखले ४० र कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रन बनाए । त्यसअघि अर्का ओपनर कुशल भुर्तेल ६ रनमै समेटिएका थिए । रोहित पौडेल ६ रनमै समेटिएको खेलमा शरद् भेस्वाकरले अविजित १ रन बटुले ।
त्यसअघि बलिङमा नेपाल निकै घातक देखिएको थियो । नेपालबाट करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिए । जसकारण, ३७ ओभर १ बलमै ओमान १ सय २१ रनमा अलआउट भयो । ओमानबाट कप्तान जिसान मक्सदले ४१ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।
शृंखलामा अन्तर्गत यसअघि पहिलो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, अमेरिकासँग खेलेका दुई खेलमध्ये एउटामा ५ विकेटले विजयी भयो । अर्को, खेलमा ६ विकेटले पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण