नयाँ नोटको खुसी (फोटोफिचर)
सोमबार, ०४ असोज २०७८, १२ : ०८
नेपाल राष्ट्र बैङ्कले आजदेखि दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैङ्कले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो ।

राष्ट्र बैङ्कका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैङ्क तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउँछन् ।
केन्द्रीय बैङ्कले आजदेखि साट्न मिल्ने गरी बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको छ । प्रत्येक वर्षको दसैँमा नयाँ नोट वितरण गर्दै आएको केन्द्रीय बैङ्कले गत वर्ष भने कोरोना महामारीका कारण वितरण गरेको थिएन ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण