मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक उड्ययन प्राधिकरणमा निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई

बुधबार, ०६ असोज २०७८, १३ : ३०
बुधबार, ०६ असोज २०७८

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । निवर्तमान महानिर्देशक राजन पोखरेलले गत मंगलबार साँझ पदबाट राजीनामा दिएसँगै रिक्त रहन गएको पदमा क्षेत्रीले स्वतः निमित्त महानिर्देशक जिम्मेवारी पाएका हुन् ।

नागरिक उड्ययन प्राधिकरण सञ्चालन तथा व्यवस्थापन ऐनले प्राधिकरणको वरिष्ठताका आधारमा वरिष्ठ कर्मचारीले नै स्वतः निमित्तको जिम्मेवारी पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम क्षेत्रीले तत्काल क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी पाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव तारानाथ अधिकारीले रातोपाटीसँग बताए । 

क्षेत्री हाल प्राधिकरणका १२ औं तहका उपमहानिर्देशक हुन् । हवाई उड्ययन क्षेत्रमा ३४ वर्ष लामो सेवाको अनुभव रहेको क्षेत्रीले २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालेका थिए ।  यता, अनिवार्य अवकाश पाउँदै गरेका पोखरेलले मंगलबार साँझ प्राधिकरणको पदबाट राजीनामा दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप