नागरिक उड्ययन प्राधिकरणमा निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । निवर्तमान महानिर्देशक राजन पोखरेलले गत मंगलबार साँझ पदबाट राजीनामा दिएसँगै रिक्त रहन गएको पदमा क्षेत्रीले स्वतः निमित्त महानिर्देशक जिम्मेवारी पाएका हुन् ।
नागरिक उड्ययन प्राधिकरण सञ्चालन तथा व्यवस्थापन ऐनले प्राधिकरणको वरिष्ठताका आधारमा वरिष्ठ कर्मचारीले नै स्वतः निमित्तको जिम्मेवारी पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम क्षेत्रीले तत्काल क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी पाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव तारानाथ अधिकारीले रातोपाटीसँग बताए ।
क्षेत्री हाल प्राधिकरणका १२ औं तहका उपमहानिर्देशक हुन् । हवाई उड्ययन क्षेत्रमा ३४ वर्ष लामो सेवाको अनुभव रहेको क्षेत्रीले २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालेका थिए । यता, अनिवार्य अवकाश पाउँदै गरेका पोखरेलले मंगलबार साँझ प्राधिकरणको पदबाट राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण