महामारीका बेला प्रतिबन्ध लगाएर अमेरिकाले मानवताविरोधी अपराध गर्यो : इरान
इरानले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको चर्को आलोचना गरेको छ । कोरोना महामारीका बेला पनि प्रतिबन्ध लगाएर अमेरिकाले मानवताविरोधी अपराध गरेको इरानी राष्ट्रपति इब्राहिम रइसीले बताएका हुन् । महासभालाई सम्बोधन गर्ने क्रममा रइसी अमेरिकाप्रति निकै क्रुद्ध देखिएका थिए । उनले आफ्ना पूर्ववर्ती हसन रूहानीले भन्दा पनि चर्को आलोचना गरे । इरानमाथि लगाएको प्रतिबन्धलाई अमेरिकाले युद्ध शैलीमा प्रयोग गरेको र विश्वका कयौं देशप्रति अमेरिकाले यस्तै व्यवहार गरिरहेको उनले बताए ।
रइसीले भने, ‘मध्यपूर्वमा अमेरिकी व्यवहार अधिनायकवाद लाद्नेमा मात्र सीमित छैन, आफ्ना नीतिहरू जबरजस्ती लाद्न खोजिरहेको छ । यस्तै व्यवहारका कारण इराक र अफगानिस्तानबाट अमेरिका खेदियो ।’
अमेरिकाले इरानमाथि सन् १७९ देखि प्रतिबन्ध लगाउन थालेको हो । यस्ता प्रतिबन्ध निरन्तर थप्दै हालसम्म कायम राखेको छ ।
इरानी रक्षा सिद्धान्तमा परमाणु हतियार र प्रतिरोधक नीतिको कुनै स्थान नरहेको पनि रइसीले बताएका छन् । इरानको सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश रइसीले अघिल्लो महिना राष्ट्रपति पदको सपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण