सेयर बजारमा सामान्य सुधार
आज साताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । आज २ अंकको वृद्धिसँगै नेप्से परिसूचक २८ सय १९ अंकमा पुगेको हो । यसक्रममा आज नेप्सेमा १ करोड ५७ लाख कित्ता सेयर किनबेच भई ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंक र वित्त समूहले धान्दा बजारमा सामान्य सुधार आएको हो ।
बैंक समूह ४७ अंकले र वित्त समूह ८.२ अंकले बढ्नु बाहेक अन्य कुनै पनि समूहमा सुधार आएन । आज होटल एण्ड टुरिजम समूहमा सबैभन्दा धेरै ९७ अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ९२ अंक, विकास बैंक समूहमा ८० अंक, जीवन बीमा ५१ र लघुवित्त समूहमा ४६ अंकको गिरावट आएको छ ।
कारोबारमा आएका १३ मध्ये २ समूहबाहेक सबै समूह घट्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतको वृद्धिसँगै आज कम्पनीका सेयरधनीले प्रतिकित्ता ११९ रुपैयाँ हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण