बैंग्लुरुलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
आईपीएल–२०२१ को दोस्रो चरणको खेल अन्तरगत शुक्रबार चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हराएको छ । खेलमा बैंग्लुरुले जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नईले उक्त लक्ष्य ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो । जीतसँगै महेन्द्र सिंह धोनीको टोली पुनः अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
लक्ष्य पछ्याउँदा चेन्नईलाई फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले राम्रो शुरुवात दिलाए । पहिलो विकेटका लागि ७१ रन जोडे । दुवैले क्रमशः ३१ र ३८ रनको योगदान दिए । त्यसपछि ब्याटिङ गर्न आएका मोइन अलीले २३ तथा अम्बाती रायडूले ३२ रनको योगदान दिए । अन्त्यमा सुरेश रैना र कप्तान धोनीले १७ र ११ रन बनाउँदै टोलीलाई जीत दिलाए ।
यूएईको मैदानमा बैंग्लुरुको यो लगातार सातौँ हार हो । आईपीएल १३ का दौरान विराट कोहलीको टोलीले सबै ५ खेल हारेको थियो । हाल टोलीले दुवै खेल हारिसकेको छ । खेलमा बैंग्लुरुको सुरुवात पनि राम्रो रहेको थियो । पहिलो विकेटका लागि कप्तान कोहली र देवदत्त पडिक्कले १११ रनको साझेदारी गरेका थिए ।
एक समय बैंग्लुरुले २ सय रनभन्दा बढी स्कोर खडा गर्छ भन्ने देखिएको थियो । तर, ५३ रनमा विराट आउट भएपछि बैंग्लुरुको मध्यक्रम धर्मरायो । मात्र ४५ रनमा टोलीले ६ विकेट गुमायो । पडिक्कलले सर्वाधिक ७० रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्राभोले ३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण