संसदको नारा सत्ताच्युत भएपछिको कुण्ठा : खतिवडा

नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले नेकपा एमालेले प्रतिनिधिसभा अवरुद्ध पार्न गरेको नाराबाजी सत्ता च्युत भएपछिको कुण्ठा मात्र भएको बताएका छन् । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले सो कुरा बताएका हुन् ।
उनले देश र जनताको काममा बाधा हाल्न संसद्मा नाराबाजी गरेको आरोप लगाए । उनले सरकारलाई असफल पार्नका लागि नाराबाजीको नाटक मञ्चन गरेको बताए । बारम्बार संसद्को हत्या गर्नेहरुले संसदीय सर्वोच्चता कायम गर भन्ने नारा लगाएको देख्दा आश्चर्य लागेको समेत उनले बताए । संसद्को रक्षाका लागि सडकदेखि अदालतसम्म पुगेर लड्नेले गरेकोचाहीं संसदीय मर्यादा विपरित हुने अनि संसद्को हत्याराले गरेको नारावाजीचाहीं कसरी मर्यादित भयो नेता खतिवडाले प्रश्न गरे ।
केपी ओलीलाई कटाक्ष गर्दै नेता खतिवडाले भने ‘देशको ढुकुटीमा मुख गाड्न पल्केका मुसाहरु बिरालो गएर बसेपछि भागाभाग भएका छन् ।’ बोल्नसमेत नजानेका नेताहरु व्यक्तिवादको पुजामा लाग्नाले जनताको त्याग र कम्युनिष्ट आन्दोलनको उपलब्धी नै संकटमा परेको उनले बताए ।
कम्युनिष्टका नेता मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलालले व्यक्तिवाद नसिकाएको भन्दै ओलीको व्यक्तिवादी सोच र सिद्धान्तका कारण एमालेको भविष्य नै संकटमा परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा