सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा असन्तुष्टि :  केन्द्रीय कमिटी बैठकमा भीम रावल अनुपस्थित

आइतबार, १० असोज २०७८, १५ : १६
आइतबार, १० असोज २०७८

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् । शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।

१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् । रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।

शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए । तर, ओलीले आइतबार केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिरहेका बेला आइतबार विहानसम्म पनि स्थायी समिति नबोलाएपछि रावल बैठकमा अनुपस्थित भएका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप