११ देशका राजदूत पोखरामा
विभिन्न देशका राजदूत सहितका अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा ४९ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहितको टोलीलाई गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी, लगायतले स्वागत गरेका थिए ।
यूएई, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूतसहित कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिहरुको २८ सदस्यीय टोली पोखरा आइपुगेको हो । उनीहरु दुई दिन पोखरामा रहेर पर्यटकीय गतिविधिमा सहभागी हुनेछन् । कोरोनाले ठप्प बनेको पोखराको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेकाले निर्धक्क घुम्न सकिन्छ भन्ने सन्देश दिन उनीहरुलाई निम्तो दिइएको बताइएको छ ।
कोरोनाले थलो परेको पर्यटन उद्योगलाई उर्जा दिइ आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्ने उदेश्यले राजदूतहरुलाई निमन्त्रणा गरी विश्व पर्यटन दिवस मनाउन लागिएको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए । उनले पोखराका पर्यटकीयस्थलहरु खुला छन् भन्ने सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण रहने बताए ।
पचास प्रतिशत पर्यटन व्यवसायी र मजदूरले कोरोना विरुद्धको खोप लगाइसकेकाले पोखराको पर्यटन सुरक्षित रहेको भन्ने सन्देश दिन राजदूतको पोखरा भ्रमण महत्वपूर्ण हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
दुई दिने पोखरा बसाईका क्रममा उनीहरुले पोखराका पर्यटकीय क्षेत्रको भ्रमणसहित हाईकिङ गर्ने कार्यक्रम रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसिएसन (रेवान) सोमबार साँझ ५ बजेदेखि राति १० बजेसम्म फेवाताल किनारको सडकमा मिनी सडक महोत्सवको आयोजना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण