हर्षलको ह्याट्रिकमा यूएईमा बैंग्लुरुको पहिलो जीत
आईपीएलको दोस्रो चरणको खेल अन्तरगत आइतबार रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको छ । बैंग्लुरुले मुम्बईसामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, मुम्बईले १ सय ११ रन मात्र बनाउन सक्यो ।
जीतसँगै बैंग्लुरु १० खेलबाट १२ अंक बटुल्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । टोलीको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । बैंग्लुरुले यूएईमा ७ खेलपछि पहिलोपटक जीत हासिल गरेको हो । उता, हारसँगै मुम्बई अंक तालिकाको सातौँ स्थानमा खस्किएको छ ।
खेलमा युवा बलर हर्षल पटेलले १७ औँ ओभरमा शानदार बलिङ गर्दै ३ बलमा लगातार ३ विकेट लिए । उनले हार्दिक पाण्ड्या, किरोन पोलार्ड र राहुल चाहरलाई आउट गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । हर्षल बैंग्लुरुका लागि ह्याट्रिक लिने तेस्रो बलर हुन् । आईपीएलको इतिहासमा यो २० औँ ह्याट्रिक थियो । आईपीएलमा अमित मिश्राले सर्वाधिक ३ तथा युवराज सिंहले दुईपटक ह्याट्रिक लिएका छन् ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रनको योगदान दिए भने क्विनटन डि ककले २४ रन बनाए । त्यसपछि भने कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । पटेलले चार विकेट लिए भने युजवेन्द्र चहालले ३ विकेट तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए ।
यसअघि, बैंग्लुरुका लागि म्याक्सवेलले सर्वाधिक ५६ तथा कप्तान विराट कोहलीले ५१ रनको योगदान दिएका थिए । मुम्बईका लागि जसप्रित बुमराहले ३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण