आन्तरिक पर्यटकीय गन्तव्यको सम्भावना बोकेको भैरवी मन्दिर क्षेत्र (तस्बिरहरु)
धादिङ बजारबाट करिब १८ किलोमिटरको दुरीमा रहेको भैरवी मन्दिर क्षेत्र आन्तरिक धार्मिक पर्यटनको आकर्षण केन्द्र बन्न सक्ने स्थानीयवासी बताउँछन् । यद्यपि प्रचार प्रसारको अभावका कारण यस क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढाउन नसकेको उनीहरुको भनाइ छ ।
समुन्द्र सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । यहाँबाट उत्तरतर्फ मनमोहक हिमालहरू लाङटाङ, गणेश, मानापाथी, घोडाघोडी लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
एकातिर धार्मिक महत्त्व र अर्कोतिर यहाँबाट मनोरम प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले यसले दुवैखाले पर्यटकको गन्तव्यस्थल बन्ने सम्भावना बोकेको देखिन्छ । भूकम्पले भत्किएर जीर्ण बनेको यो मन्दिर तीव्र रुपमा निर्माण हुन लागेको स्थानीय श्याम श्रेष्ठको भनाइ छ । दसैँ, माघे संक्रान्ति र राम नवमीका अवसरमा सो मन्दिरमा निकै भिड लाग्ने उनले बताए ।
साविकको सुनौलो बजार गाविस र हाल नीलकण्ठ नगरपालिका–६ मा रहेको यो मन्दिर धादिङ बजारबाट पूर्वतर्फ पर्दछ । ५ किलोमिटर पक्की र १३ किलोमिटर कच्ची सडकको पहुँच रहेको यो मन्दिर जान धादिङ बजारबाट साना सार्वजनिक सवारी साधन सञ्चालन हुँदै आएको छ ।
ओझेलमा परेको पुरानो धादिङ बजारलाई जीवन्त दिन यस्ता धार्मिक र प्राकृतिक महत्वका स्थानलाई प्रवर्द्धन गर्ने र आवश्यक प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटकको आकर्षण बढ्ने स्थानीयवासी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण