रोकिएन नेप्सेको पहिरो, मंगलबार थप ७० अंकको गिरावट
काठमाडौं । गत हप्ता देखिनै निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेको पहिरो आज मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक थप ७०.०१ अंकले घटेर २६ सय १५.४० विन्दुमा झरेको हो ।
गत सोमबार नेप्से अधिकतम परिसूचक अधिकतम् ७३.०५ अंकले घट्दै २६ सय ८५.४१ विन्दुमा अड्किएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् ११.४२ अंकले घट्दै ४९४.९१ विन्दुमा झर्न पुगेको छ ।
सबै उप–सूचकहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेका छन् । यस समूहले आज अधिकतम् ७.३७ प्रतिशतले गुमाएका छन् ।
यस्तै, हाइड्रोपावर समूहले ४.७४, इन्भेष्टमेन्टले ३.९३, विकास बैंकले ३.१५, निर्जीवन बिमा समूहले २.७८ र व्यापार समूहले २.६३ प्रतिशतले गुमाएका छन् । यद्यपि, यता मनकामना स्मार्ट लघुवित्तको सेयरधनीहरुले भने आज सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन् ।
२१८ कम्पनीका एक करोड ३० लाख ३४ हजार कित्ता बढी सेयर ७५ हजार ३७४ पटक बजारमा किनबेच भएको यस दिन कुल ५ अर्ब ७४ करोड ५४ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण