शम्शेरामा रणवीरको डबल रोल, सञ्जय दत्त मुख्य भिलेन
रणवीर कपुर ‘शम्शेरा’ फिल्ममा डबल रोलमा देखिँदैछन् । उनले बाबु र छोरा दुबैको भूमिका निर्वाह गर्दैछन् । यसका लागि उनले मेकअपको साहारा लिँदैछन् । बाबु ‘शम्शेरा’ को भूमिकामा देखिँदा रणवीरको कपाल लामो हुनेछ । यसका लागि उनले नक्कली कपाल लगाउनेछन् ।
त्यसैगरी, छोरा बल्लीको भूमिकामा उनले छोटो कपाल पाल्नेछन् । फिल्ममा अंग्रेजको अन्तर्गत काम गरेका भारतीय पुलिस अधिकारीहरुको आदिवासीमाथि गरेका अपराध र ज्यादती देखाइएको छ । रणवीरले यसमा हार्डकोर एक्सन गरेका छन् । उनको लुक्स चाँडै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
यस फिल्मका मुख्य एक्सन सिनहरु मुम्बईस्थित फिल्म सिटीमा सुट गरिएको छ । त्यसैगरी, लद्दाखमा १० दिनसम्म गीतको सुटिङ गरिएको छ । कमालिस्तान स्टुडियोमा फिल्मको क्लाइमेक्स सुट गरिएको छ । १८ औं शताब्दीमा प्रयोग भएका हतियारमार्फत मुख्य एक्सनहरू देखाइएको छ ।
यस फिल्ममा घोडासवारीका क्रममा हुने द्वन्द्वमा बढी जोड दिइएको छ । यस फिल्ममा सञ्जय दत्त मुख्य भिलेनको रोलमा छन् । उनले शुद्ध सिंह नामक पात्रको भूमिका निभाएका छन् । फिल्मका डायलगहरुलाई पनि काव्यिक शैलीमा प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण