नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंक मर्जरको अन्तिम चरणमा, पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले अन्ततः मर्जरमा जाने भएका छन् । यसअघि असोज मसान्तभित्र एकीकृत कारोबार गर्ने गरि सहमति भएपनि विविध कारण मर्जर प्रक्रिया प्रभावित हुन पुगेको थियो । तर, अब भने आवश्यक सबै प्रक्रिया पुरा गरेर अन्तिम चरणमा रहेकाले आगामी पुसको अन्तिमसम्मका एकीकृत कारोबार गर्ने गरी अघि बढेको इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।
यसअघि गत वैशाख ३० गते हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामकरण गर्नेगरी दुई बैंकको बीचमा मर्जर सहमति भएको थियो । दुईवटै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा बुझाइसकेका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय विवरणलाई स्वीकृति दिएपछि दुबै बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने छन् । दुवै बैंकले लाभांश स्वीकृतिका लागि हुने वार्षिक साधारणसभामा नै मर्जरमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेका छन् ।
दुई बैंक मर्ज भएपछि चुक्ता पूँजी सबैभन्दा ठूलो हुने । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक १ : १ अनुपातमा मर्जर हुन लागेका छन् । जसअनुसार मर्जरपछि बन्ने हिमालयन इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब २७ अर्ब हुन्छ । जसमा दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने हुँदा एकीकृत कारोबार हुँदा चुक्ता पूँजी ३० अर्बभन्दा बढी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण