अन्जु र रामकृष्णको गीतमा दीलिप र गरिमाको रोमान्स
लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ सार्वजनिक भएको छ । ऋषिराम देवकोटाको शब्द रहेको गीतमा विशिष्ट संगीतकार आलोकश्रीको संगीत छ ।
प्रेमी प्रेमिकाले एक अर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको गीतमा प्रेमकथा रहेको छ । गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा देख्न सकिन्छ ।
प्रेमिका भेट्न हिँडेका दीलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको भिडियो अभिनय सुहाउँदो छ । आलोकश्रीका संगीतले मनमोहक बनेको गीतलाई भिडियोले सिगार्ने काम गरेको छ । गुञ्जन इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ ।
भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् । भिडियो संगीतकार आलोकश्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ । गीत दर्शक तथा श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको संगीतकार आलोकश्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण