हामीले कसैसँग मिलेर होइन एक्लै लडेर बहुमत ल्याउँछौँ : गगन थापा
नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।
उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’ काँग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । ‘आज जसरी चलेको छ यसले यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’ उनले भने ।
थापाले काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको बताए । तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । आगामी तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिस्ट र मधेसवादी दल मिले पनि काँग्रेस पहिलो पार्टी बन्ने गरि काम गर्न थापाको आग्रह छ ।
‘काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले भने पनि काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चलाउनका लागि एकलै बहुमत ल्याउनुपर्छ’ थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण