मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हामीले कसैसँग मिलेर होइन एक्लै लडेर बहुमत ल्याउँछौँ : गगन थापा

शनिबार, १६ असोज २०७८, १३ : ०८
शनिबार, १६ असोज २०७८

नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन ​सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।  काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् । 

उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’ काँग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । ‘आज जसरी चलेको छ यसले यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’ उनले भने । 

थापाले काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको बताए ।  तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो ।  आगामी तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए ।  सम्पूर्ण कम्युनिस्ट र मधेसवादी दल मिले पनि काँग्रेस पहिलो पार्टी बन्ने गरि काम गर्न थापाको आग्रह छ ।

‘काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले भने पनि काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चलाउनका लागि एकलै बहुमत ल्याउनुपर्छ’ थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप