बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
शनिबार, १६ असोज २०७८, १७ : १०
काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मिनी ट्रकको ठक्करबाट काठमाडौं सीतापाइला बस्ने कैलाली गोदावरी नगरपालिका–१२ घर भएका २७ वर्षीय चेत राज जोशीको मृत्यु भएको हो ।
शनिबार बिहान काठमाडौं महानगरपालिका–१४ बल्खुमा बा ३ ख ९३६९ नम्बरको मिनिट्रकले बा ८८ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सीतापाइला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण