भवानीपुरमा रेकर्ड जीतपछि ममताको नजर दिल्लीमा !
‘भवानीपुरमा ममता बनर्जीको जीत कुनै मुद्दा नै थिएन । हाम्रो लक्ष्य मात्र जीतको अन्तरलाई ठूलो बनाउनु थियो र भवानीपुरबाट पुरा देशलाई सन्देश दिनु थियो । टीएमसीलाई यसमा ठूलो सफलता हात लागेको छ । अब हाम्रो लक्ष्य सन् २०२४ को लोकसभा चुनावमा बीजेपीलाई दिल्लीको कुर्सीबाट हटाउनुहुनेछ । त्यो नै असली जीत हुनेछ ।’
पहिलो दिनदेखि भवानीपुरमा ममताको चुनावी अभियानको जिम्मा सम्हाल्ने तृणमूल काँग्रेसका वरिष्ठ नेता तथा शहरी विकासमन्त्री फिरहाद हकीमले उपचुनावको नतिजा आएपछि बताएको कुरा हो यो । उता, रेकर्ड भोटसँगै जीत हासिल गरेपछि ममताले भनिन्, ‘भवानीपुरका जनताले नन्द्रीग्रामको षडयन्त्रको जवाफ दिएका छन् ।’

प्रियङ्का टिबरेवाल
टीएमसी नेताको यस टिप्पणीले पार्टी र मुख्यमन्त्री बनर्जीको एजेन्डा स्पष्ट भएको छ । भवानीपुर सिटमा रेकर्ड जीत हासिल गर्दै ममताले आफ्नै पुरानो रेकर्ड तोडेकी छन् । ५७ प्रतिशत मतदान हुँदा पनि ममताले यो सिटमा बीजीपी उम्मेदवार प्रियङ्का टिबरेवाललाई ५९ हजार भोटको विशाल अन्तरले पराजित गरेकी छन् । यसअघि सन् २०११ मा भएको उपचुनावमा ममताले ५४ हजार भोटको अन्तरले जित हासिल गरेकी थिइन् ।
भवानी पुर विधान सभा सिटमा भइरहेको उपचुनाव तृणमूल काँग्रेस (टीएमसी) का लागि इज्जतको सवाल बनेको थियो । भवानीपुरमा ममता जित्छिन् या हार्छिन् भन्ने प्रश्न कहिले पनि थिएन । बरु उनले कति अन्तरले जित्नेछिन् भन्ने मात्र प्रश्न थियो । भवानीपुर सिटको नतिजा आएपछि टीमएसी खेमामा खुसीको माहौल रहेको छ भने बीजीपी खेमा चुपचाप रहेको छ । बिहानदेखि कुनै नेता वा कार्यकर्ता देखिएका छैनन् । बीजेपीको मुख्यालय र चुनाव कार्यालयमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । त्यहाँ कोही नेता या कार्यकर्ता पुगेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण