फोर्ड एभरेष्टको बुकिङ खुला
प्रिमियम एसयूभी सेग्मेन्टको उत्कृष्ट, मूल्य १.९९ करोड
काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले २.० लिटर वाई–टर्वाे डिजेल इन्जिन विश्वमै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुलाको घोषणा गरेको छ ।
यसको सुरुवाती नेपाली मूल्य १.९९ करोड रहेको कम्पनीले जनाएको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ मूल्य अत्यन्तै किफायती रहेको र यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने कम्पनीको विश्वास छ ।

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो ।
ठूलो गाडी भएपनि एभरेष्टमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउने कम्पनीले जनाएको छ । इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउने विश्वास कम्पनीको छ ।

बुकिङ खुला गर्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले फोर्ड एभरेष्टमा भएको इनह्यान्स भ्यालु प्रोपोजिसनका कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण