लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको नाराबाजी
लुम्बिनी प्रदेशसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । बैठकको शुरुमै एमालेका सांसदहरुले विमला वली र अजय शाहीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका हुन् । बैठकको सुरुमै एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पार्टीले कारबाही गरेका सांसदद्वय वली र शाहीलाई सभामुखले तत्काल पदमुक्त गर्नुपर्ने माग गरे ।
बैठकमा मुख्यमन्त्रीको तर्फबाट मन्त्री डिल्ली बहादुर चौधरीले वनसम्बन्धी विद्येयक र प्रदेशको नाम सुधार सम्बन्धी विद्येयक प्रस्तुत गरेका छन् । मन्त्री चौधरीले विद्येयक प्रस्तुत गर्दा एमाले सासंदहरुले नाराबाजी जारी राखेका थिए । बैठक ४ बजेसम्मका लागि स्थगित भएको छ ।
आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्ने निर्णय गरेको थियो । ४ बजे बस्ने बैठकमा आर्थिक मामिलामन्त्री कृष्णज्वज खड्काले बजेट पेस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण